+
+
Shares

जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते १९:२६

१३ फागुन, टोकियो । जापानमा एक जना नेपाली कर्मचारीको निधन भएको छ ।

जापान सरकारअन्तर्गत जाइका परियोजनामार्फत जापानमा पीएचडी रिसर्चको अन्तिम चरणमा रहेका सडक विभागका उपसचिव विनोदप्रसाद सापकोटाको निधन भएको सडक विभागका ई. उपेन्द्र महरानले जानकारी दिए ।

सापकोटा डेढ वर्षअघि जापान सरकारको जाइकाको स्कलरसिपमा अध्ययनका लागि जापान आएका थिए ।

४२ वर्षीय सापकोटा मंगलबार बिहान आफ्नै कोठामा मृत फेला परेका हुन् । स्थानीय प्रहरीले सापकोटाले आत्महत्या गरेको हुनसक्ने बताएको छ ।

घटनाबारे थप केही खुलेको छैन । सापकोटाको शव बुधबार नेपाल पठाउने तयारी गरिएको छ ।

उनका आफन्त त्यहाँ पुगिसकेको र मंगलबार प्रक्रिया पुर्‍याउन बाँकी रहेकाले बुधबामात्रै शव हस्तान्तरण गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?