
१३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्न बैंकिङ सुविधा असहज बनाएको छ ।
मंगलबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै ईभीको ऋण मूल्य अनुपात ८० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा झारेको हो ।
यस्तै पेट्रोल तथा डिजेलबाट चल्ने अन्य व्यक्तिगत सवारीसाधनमा भने थप सहज बनाएको छ । यसअघि सवारीसाधनको ऋण मूल्य अनुपात ५० प्रतिशत रहेकोमा १० प्रतिशत बढाएर ६० पुर्याएको हो ।
पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधन र ईभीको ऋण मूल्य अनुपात बराबर भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले राष्ट्र बैंकले ल्याएको नीति सरकारले ईभीलाई प्रोत्साहन गर्ने लक्ष्य विपरीत रहेको बताए ।
उनले ८० प्रतिशतबाट एकैचोटी २० प्रतिशत घटाउँदा ईभी प्रयोग बढ्नुका सट्टा झन् घट्ने बताए ।पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनको ऋण मूल्य अनुपात १० प्रतिशत बढाउनु सकारात्मक रहेको उनले बताए ।
प्रतिक्रिया 4