+
+
Shares

‘न्याय’ शीर्षकमा फिल्म ‘आउट ल’ले र्‍याप गीत प्रतियोगिता गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते २१:१२

काठमाडौं । २९ फागुनदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘आउट ल’ दर्शकमाझ प्रतीक्षित छ । टिजर सार्वजनिक भएसँगै दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

ट्रेलर केही दिनमा रिलिजमा आउँदैछ । यसैबिच, निर्माताले ‘न्याय’ शीर्षकमा ‘र्‍याप प्रतियोगिता’ आयोजना गरेको छ । स्याडो पिक्चर्स र रिट्रो फिल्मस्को प्रस्तुतिमा बनेको फिल्मको प्रतिस्पर्धामा सहभागी हुन चाहनेले ‘न्याय’ शीर्षकमा र्‍याप गीत तयार पारेर पठाउन सक्नेछन् ।

प्रतिस्पर्धीले गीत लेखेर त्यसलाई रेकर्ड गराएर भिडियो पठाउन सक्ने निर्माण टिमले बताएको छ । प्रतिस्पर्धीले पठाएको भिडियो फिल्मको सामाजिक संजालमा एकाउन्टमा पोष्ट गरिनेछ । सर्वाधिक धेरै लाइक र भ्यूज प्राप्त गर्न सफल प्रतिस्पर्धीले पुरस्कार प्राप्त गर्ने निर्माणपक्षले बताएको छ ।

फागुन २३ गतेसम्म गीतको भिडियो तयार पारेर पठाउनुपर्नेछ । फिल्मले ‘न्याय’को कथा बोल्ने भएकाले गर्दा नै यही शीर्षकमा प्रतियोगीता आयोजना गरिएको फिल्मका निर्माता अमित अग्रहरिले जानकारी दिए ।

विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा विनोद कठायत कार्यकारी निर्माता, विकास चौधरी सहनिर्माताको रुपमा छन् । फिल्ममा सुशील श्रेष्ठ, नरेश पौड्याल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?