+

कोपा डेल रेमा बार्सिलोना र एट्लेटिको मड्रिडको रोमाञ्चक बराबरी

२०८१ फागुन  १४ गते ७:५६ २०८१ फागुन १४ गते ७:५६
कोपा डेल रेमा बार्सिलोना र एट्लेटिको मड्रिडको रोमाञ्चक बराबरी

१४ फागुन, काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगको खेलमा बार्सिलोना र एट्लेटिको मड्रिडले रोमाञ्चक बराबरी खेलेका छन् ।

गएराति बार्सिलोनाको मैदानमा भएको खेलमा दुवै टोलीले ४-४ गोलको बराबरी खेलेका हुन् । खेलमा दुई गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै बार्सिलोनाले अग्रता बनाएपनि अन्तिममा फेरि एट्लेटिकोले बराबरी गरेको हो ।

खेलको पहिलो मिनेटमै जुलियन अल्भारेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । छैटौं मिनेटमा एन्टोइन ग्रिजमानले गोल गरेपछि पाहुना टोली २-० ले अघि बढ्यो ।

१९औं मिनेटमा पेड्री तथा २१औं मिनेटमा पाउ कुभार्सीले गोल गरेपछि खेल २-२ को बराबरीमा आयो । ४१औं मिनेटमा इनिगो मार्टिनेजले गोल गरेपछि पहिलो हाफ सकिँदा खेलमा बार्सिलोना अगाडि आयो ।

दोस्रो हाफको ७४औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाले अग्रता बढायो । तर ८४औं मिनेटमा मार्कस लोरेन्टे र इन्जुरी समयमा एलेक्जेन्डर सोर्लोथले गोल गरेपछि खेल बराबरीमा सकिएको हो ।

कोपा डेल रे
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय