+
+
Shares

अहिलेको सरकार भ्रष्टाचारीको संरक्षण गर्ने उद्देश्यले बनेको हो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १४ गते ९:२१

१४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले नै वर्तमान सरकार बनेको आरोप लगाएका छन् ।

हुलाकी मार्ग केन्द्रित तराई-मधेश जागरण अभियानका क्रममा बुधबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफ्नो सरकारले भ्रष्टाचारीलाई कारबाहीमा ल्याउने अभियान चलाएपछि उनीहरुलाई संरक्षण गर्न कांग्रेस-एमाले गठबन्धनको सरकार बनेको दाबी गरेका हुन् ।

‘हामीले सुशासन कायम गर्न खोज्यौं । भ्रष्टाचारी विरोधी अभियान सुरु गरेवापत, भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन थालेवापत भ्रष्टाचारीको संरक्षण गर्ने उद्देश्यले नै अहिलेको गठबन्धन सरकार बनेको हो’, उनले भने ।

उनले आफ्नो सरकारले सुरु गरेको त्यही सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई राष्ट्रव्यापी रुपमा जनताको बीचमा लैजान जागरण अभियान सुरु गरेको  बताए ।

यसबाहेक अभियानको अर्को उद्देश्य दक्षिण भेगमा रहेका आदिवासी जनताति, मधेशी, थारुको मुद्दा स्थापित गर्नू र राष्ट्रिय एकता सुदृढ गर्नु रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?