+
+
Shares

हामीले साथ छोड्यौं, कांग्रेस-एमाले साना हुँदै गए : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १४ गते १०:१९
पाइल तस्वीर

१४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र एमालेलाई माओवादीले नै ठूला दल बनाएको दाबी गरेका छन् ।

विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले कांग्रेस-एमाले आफैं ठूला नभएको बताउँदै माओवादीले नै ठूला दल बनाइदिएको दाबी गरे ।

‘कांग्रेस र एमालेलाई पछिल्लो समय ठूलो पार्टी बनाउन सहयोग गरेको माओवादीले हो । देशको आवश्यकता अनुसार समझदारीबाट जाऔं भन्ने जिम्मेवारी बोधका कारणले हामीले उनीहरुलाई ठूलो बनाएको हो । उनीहरु आफैं ठूलो भएका होइनन्’, उनले अघि भने, ‘जब हामीले छौड्यौं उनीहरु ठूलो हुन पनि छोडे ।’

उनले पछिल्लो समय भएको उपचुनावको उदाहरण दिंदै माओवादीले साथ छोडेपछि कांग्रेस-एमाले खस्किंदै गएको दाबी गरेका हुन् ।

गत उपचुनावमा कोशीका ८ पदका लागि भएको चुनावमा एक्लै लड्दा पनि माओवादी पहिलो दल भएको बताउँदै उनले माओवादीले साथ छोड्दा कांग्रेस एमाले सानो हुँदै गएको बताए । उनले पत्रकारलाई प्रश्न गर्दै भने, ‘उपचुनाव त यहाँ धेरै ठाउँमा भएको थियो । ग्रामथानमात्रै त होइन । ८ ठाउँमा चुनाव भयो हामी एक नम्बर पार्टी भयौं । कसरी भयौं ? अघिल्लो रेकर्ड हेरेर हुन्छ ?’

पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सुशासनको अभियान चलाउँदा भ्रष्टाचारीहरुले आफ्नो सरकार ढलाएको बताए । त्यही भ्रष्टाचारविरुद्धको अभियानलाई अहिले जनतामाझ लिएर गएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?