+
+
Shares

अशोक शर्माको ‘डबल ट्रिपल’ भ्यालेन्टाइन्स डेमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १४ गते १२:५५

काठमाडौं । अशोक शर्माको निर्देशनमा बन्ने फिल्म ‘डबल ट्रिपल’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म ‘भ्यालेन्टाइन्स डे’को अवसरमा फागुन १ गते प्रदर्शनमा आउने जनाइएको छ ।

फिल्मबारे जानकारी दिँदै शर्माले सामाजिक संजालमा लेखेका छन्,– ‘हामी आउँदैछौँ तपाईंको मज्जा ‘डबल’ होइन ‘ट्रिपल’ गर्न ।’

शर्माको यो नवौं निर्देशकीय फिचर हुनेछ । यसअघि उनले सीता, गरिब, निर्णय, अल्लारे, मिस्टर रामकृष्णे, यो मायाको सागर, जय भोले र रातो टीका निधारमा निर्देशन गरेका छन् ।

उनको पछिल्लो फिचर ‘रातो टीका निधारमा’ सन् २०१९ मा रिलिज भएको थियो ।

फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, केकी अधिकारी, मिरुना मगर, विल्सनविक्रम राई, उदय सुब्बा, राजाराम पौडेल लगायतको अभिनय हुने जनाइएको छ ।

शर्मा र राजेश सिटौलाको पटकथा लेखन रहने फिल्मको संगीतकारमा शम्भुजीत बासकोटा छन् । आलोक शुक्लाको छायांकन, मनोज पण्डितको स्क्रिप्ट डक्टरिङ, शान बस्न्त्याको संवाद, राजु किराँतीको एक्सन र सुनिल क्षेत्रीको नृत्य हुनेछ । किरण शर्मा पौडेल, अंकित शर्मा र कीर्ति शर्मालाई निर्माताको रुपमा चिनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?