
१४ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त भोल्कर टुर्कसँग भेटवार्ता गरेकी छन् ।
मानवअधिकार परिषद्को ५८औं सत्रमा सहभागी हुन जेनेभा पुगेकी मन्त्री राणाले विहीबार टुर्कसँग भेटवार्ता गरेकी हुन् ।
भेटमा नेपालको मानवअधिकार परिषद्मा सक्रिय सहभागिता, योगदान तथा सन् २०२७-२९ कार्यकालका लागि नेपालले दिएको उम्मेदवारीबारे छलफल गरेको मन्त्री राणाले जानकारी दिएकी छन् ।
भेटवार्तामा नेपालको संक्रमणकालीन न्याय प्रक्रिया, जलवायु परिवर्तन, शान्ति, स्थायित्व तथा विकासका विषयमा समेत विचार आदान-प्रदान परराष्ट्रमन्त्री राणाले जानकारी दिइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4