+
+
Shares
विचार :

माटो हाम्रो जीवित साथी

माटो हाम्रो साथी हो। माटो पनि हामी जस्तै जीवित छ। माटोले मानिसलाई बाँच्न मद्दत गर्छ। त्यसैले माटोको हेरचाह गर्नुपर्छ। यसको स्वास्थ्यलाई जोगाउनुपर्छ।

दिनेश पाण्डे दिनेश पाण्डे
२०८१ फागुन १४ गते २१:२२

एउटा घरमा परिवारका सबै जना आफ्नो काममा व्यस्त छन् । बुबा भैंसी दुहुनुहुन्छ, गाईभैंसीलाई घाँसपानी दिनुहुन्छ, अनि गोठ सफा गर्दै मल (भकारो) संकलन गर्नुहुन्छ, जुन पछि खेतमा मलको रूपमा प्रयोग गरिन्छ। आमा भान्सामा खाना पकाइरहनुभएको , दाजु सानी बहिनीलाई गृहकार्यमा मद्दत गर्दै हुनुहुन्छ । सबैको आफ्नो काम , जसले घर राम्रोसँग चलेको छ । यो कथा नौलो होइन, हाम्रो समाजमा यस्तो दृश्य बारम्बार देखिन्छ ।

अब माटोभित्र लुकेको अदृश्य शहरको कल्पना गरौं । वैज्ञानिकहरूले हाम्रो बगैंचा, करेसाबारी वा खेतमा देखिने धुलो जस्तो कणलाई ‘माटो’ भन्छन् । माटो केवल पृथ्वीको बोटबिरुवा उम्रिने सतह मात्र होइन, यहाँ अरबौं जीव बस्छन् । गँड्यौला, ब्याक्टेरिया, ढुसी, नेमाटोड्स, आइसोपोड्स अरू धेरै ।

हाम्रो घरका सदस्यहरू जस्तै गँड्यौलाले माटोलाई खुकुलो बनाउँछन्, ब्याक्टेरियाले मललाई पोषणमा बदल्छन्, केही अन्य जीवहरू माटो सफा गर्छन्, केही किसानले जस्तै माटोमा मल बनाउँछन् अरू केही वैज्ञानिक जस्तै माटोभित्रका सबै प्रक्रियालाई व्यवस्थापन गर्छन् । माटो पृथ्वीमा हुने सबैभन्दा रोचक जटिल पर्यावरणीय प्रणालीहरूमध्ये एक हो । सधैं खनीखोस्री गर्ने माटोका बारेमा हामीले कति बुझेका छौं त !

आखिर माटो के हो ? माटो पानी, हावा, खनिज प्राङ्गारिक पदार्थको संयोजन हो । सामान्यतया माटोमा ४५ प्रतिशत खनिज, २० देखि ३० प्रतिशत पानी, २० देखि ३० प्रतिशत हावा प्रतिशत प्राङ्गारिक पदार्थ (मरेका बोटबिरुवा जनावरहरूको भाग) हुन्छ । हावा पानी माटोको छिद्रहरूमा मिलेर बसेका हुन्छन् । माटोमा हावा पानीको मात्रा लगभग बराबर भएको उचित मानिन्छ । माटोमा प्राङ्गारिक पदार्थको मात्रा सबैभन्दा कम भए तापनि यसले माटोको स्वस्थता, पौष्टिकता उत्पादकत्वलाई निकै प्रभाव पारेको हुन्छ ।

के माटो जीवित वस्तुहरूले भरिपूर्ण छ भनेर हामी विश्वास गर्न सक्छौं ? यदि एउटा सानो चिया चम्चा माटो उठाउँछौं भने त्यसमा संसारको हालको जनसंख्याभन्दा ( अर्ब) धेरै गुणा बढी जीवहरू हुन सक्छन् । अर्थात् माटो असंख्य जीवहरूको विशाल घर हो। माटोमा रहेका जीवहरूले पनि हामी जस्तै खाना खान्छन्, बढ्छन्, अक्सिजन प्रयोग गर्छन् कार्बनडाइअक्साइड उत्सर्जन गर्छन् । यसरी माटो एक गतिशील पदार्थ हो, जसले माटोभित्रका जीवहरूलाई प्रभाव पार्छ जीवित वस्तुहरूबाट पनि प्रभावित हुन्छ ।

रोचक कुरा, माटोका सूक्ष्मजीवहरूले आपसमा र अन्य बोटबिरुवा तथा जनावरहरूसँग पनि संवाद गर्न सक्छन् । यस्तो संवादलाई रासायनिक संवाद भनिन्छ।

माटोका विभिन्न भागहरू (जस्तै: चट्टानको आकार, पोषण पानीको मात्रा) अनुसार त्यहाँ विभिन्न जीवहरू बसोबास गर्छन् । यी जीवहरू मिलेर एउटा सानो समुदाय बनाउँछन् । माटोका साना कणहरू वा जीवित वस्तुमा बस्ने साना जीवहरूलाई सूक्ष्मजीव भनिन्छ। उदाहरणका रूपमा माटोमा ढुसीहरू हुन्छन् जसको आकार सानो जरा जस्तो हुन्छ यी ढुसीहरूले अन्य जीवहरूसँग सम्पर्क गरेर जानकारी आदानप्रदान गर्छन् । त्यस्तै ब्याक्टेरिया जस्ता सूक्ष्मजीवलाई माइक्रोस्कोप विना देख्न सकिंदैन। बोटबिरुवाका जरामा बस्ने साना जीवहरूलाई राइजोस्फियर सूक्ष्मजीव भनिन्छ ।

सबैभन्दा रोचक कुरा, माटोका सूक्ष्मजीवहरूले आपसमा अन्य बोटबिरुवा तथा जनावरहरूसँग पनि संवाद गर्न सक्छन् । यस्तो संवादलाई रासायनिक संवाद भनिन्छ, जसमा साना अणुहरूको प्रयोग गरिन्छ । यी अणुहरू परमाणु नामक साना बलहरूको समूहबाट बनेका हुन्छन् । यस्ता परमाणुहरू कार्बन, हाइड्रोजन, अक्सिजन नाइट्रोजन जस्ता महत्त्वपूर्ण तत्वहरू मिलेर बनेका हुन्छन्, जसले पानी कार्बनडाइअक्साइड जस्ता अणुहरू बनाउँछन् । यस्ता अणुहरूको विशेष संयोजनले माटो जीवनका विभिन्न प्रक्रिया चलाउँछन् ।

केही अणुहरू ग्याँसका रूपमा माटोको हावाका छिद्रहरूबाट एक ठाउँबाट अर्को ठाउँमा जान्छन् । ठिक हामीले फूलको वा ताजा पाकेको रोटीको बास्ना नाकले थाहा पाउँदा जस्तै बोटबिरुवाका जराले पनि यी ग्याँसहरूको बास्ना थाहा पाउँछन् ।

रासायनिक संवाद केवल सूक्ष्मजीवबाट बोटबिरुवासम्म मात्र होइन, दुईतर्फी पनि हुन्छ । बोटबिरुवाले पनि सूक्ष्मजीवहरूले बुझ्न सक्ने अणुहरू उत्पादन गर्छन् । अवतार २- पाण्डोर न्यूरल नेटवर्क’ नामक चलचित्रले यस विषयमा सरल रूपमा बुझाउन खोजेको छ। जसमा पाण्डोराका वनस्पति जीवजन्तुहरूले एकअर्कासँग कसरी सञ्चार गर्छन् भन्ने कुरा स्पष्ट देखाइएको छ ।

कुनै पनि बिरुवाको वृद्धि र विकासको लागि रासायनिक तत्वहरू आवश्यक हुन्छन्, जसमा १८ वटा तत्वहरू विशेषगरी महत्वपूर्ण छन् । यी आवश्यक तत्वहरू बिरुवाले दुई विभिन्न स्रोत- माटो र हावाबाट प्राप्त गर्छ। प्रायः माटोका सूक्ष्मजीवहरूले बोटबिरुवाका लागि आवश्यक पोषकतत्त्व उपलब्ध गराएर तिनीहरूको वृद्धि र विकासमा मद्दत गर्छन् ।

उदाहरणको लागि, राइजोबियम ब्याक्टेरियाले हावामा रहेको नाइट्रोजनलाई अमोनियामा रूपान्तरण गर्छ, जसलाई बोटबिरुवाले आफ्नो वृद्धि र विकासको लागि उपयोग गर्छ । सूक्ष्मजीवहरूले बोटबिरुवालाई रोगजनक ब्याक्टेरिया र शत्रुजीवसँग लड्नमा पनि सहयोग पुर्‍याउँछन्। यद्यपि, वातावरणका निर्जीव तत्वहरू जस्तै, सूर्यको प्रकाश, तापक्रम र पानीका फाइदाजनक र हानिकारक प्रभावहरू हुन्छन् । उदाहरणका लागि पानीको कमीले बोटबिरुवालाई कमजोर पार्न सक्छ । यस्ता कठिन परिस्थितिहरूमा लाभदायक सूक्ष्मजीवहरूले बोटबिरुवालाई जिउन र विकास गर्न सहयोग गर्छन् ।

शताब्दीयौंदेखि माटोको उर्बरता पुनः पूर्तिका लागि परम्परागत खेतीले गोठेमल जस्ता प्राङ्गारिक मलहरूको प्रयोगलाई मान्यता दिएको छ, जसले माटोलाई पोषक तत्व दिन्छ र स्वस्थ राख्छ।

अतः माटो एक जीवित र जटिल प्रणालीको रूपमा बुझ्न सकिन्छ, जसको स्वास्थ्यका लागि माटोका जीवाणुहरू महत्त्वपूर्ण छन् । किसानको दृष्टिमा, माटोको मुख्य उद्देश्य बाली उत्पादन गर्नु हो, जसका लागि माटोले पर्याप्त पानी, पोषकतत्वहरू र शत्रुजीव नियन्त्रणको वातावरण प्रदान गर्नु आवश्यक छ । 

यसरी स्वस्थ माटो भनेको बालीको दिगो उत्पादनको लागि यी सबै कुराहरू मिलाएर माटोले निर्वाह गर्ने भूमिका हो । हाम्रा खेती विधि र अभ्यासहरूले माटो प्रणालीमा बिरुवाका पोषकतत्वहरूको प्रवाह र सन्तुलनलाई विभिन्न स्रोतहरूबाट मद्दत पुर्‍याएको छ। 

शताब्दीयौंदेखि माटोको उर्बरता पुनः पूर्तिका लागि परम्परागत खेतीले गोठेमल जस्ता प्राङ्गारिक मलहरूको प्रयोगलाई मान्यता दिएको छ, जसले माटोलाई पोषकतत्वहरू दिन्छ र स्वस्थ राख्छ । कम्पोस्ट पशुपालन र जनावरको मल स्रोतलाई कुहाएर बनाएको एक प्राङ्गारिक मल हो । जनसङ्ख्या वृद्धिसँगै, आजको समयमा जमिनको उत्पादकत्वमा वृद्धि गर्नुपर्ने चर्को दबाब बढेको छ र रासायनिक मल तथा विषादीहरूको प्रयोग बढ्नुले माटोको स्वास्थ्यलाई नोक्सान पुर्‍याउन सक्छ, त्यसैले यसमा सतर्कता अपनाउनु आवश्यक छ।

माटो हाम्रो साथी हो। माटो पनि हामी जस्तै जीवित छ। माटोले मानिसलाई बाँच्न मद्दत गर्छ। त्यसैले माटोको हेरचाह गर्नुपर्छ। यसको स्वास्थ्यलाई जोगाउनुपर्छ। माटोले हाम्रो विगत, वर्तमान र भविष्यको कथा बोकेको हुन्छ। यसले हामीले गरेको हेरचाह र परिवर्तनहरूलाई सम्झिन्छ। एक दिन माटोले हामीलाई पनि सम्झनेछ। त्यसैले माटोको संरक्षण र यसको स्वास्थ्यमा हाम्रो भूमिकालाई हामीले जानी-बुझिकन गम्भीर रूपमा लिनु आवश्यक छ।

(माटो वैज्ञानिक पाण्डे कृषि प्रणालीमा कार्बन र नाइट्रोजन चक्र सम्बन्धी विषयका विशेषज्ञ हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?