+
+
Shares

‘भोला’देखि ‘ओएमजी २’ सम्म : शिवरात्रीमा ओटीटीमा हेर्नुस ४ हिन्दी फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १४ गते १६:३५

काठमाडौं । महाशिवरात्री बलिउडका लागि खास हुनेगर्छ । शिवजीको कथालाई लिएर बलिउडमा धेरै फिल्म बनेका छन् । विशेषगरि भारतीय फिल्ममा पछिल्लो समय धर्मग्रन्थका फिल्मले स्थान पाउन थालेका छन् ।

बक्सअफिसमा समेत यस्ता फिल्मको कमाइ उत्कृष्ट देखिएको छ । दर्शकको यही आस्था र रुचिलाई ध्यानमा राख्दै नेटफ्ल्क्सिसहितका ओटीटी प्लाटफर्मले केही फिल्म आजदेखि रिलिज गरेका छन् । जसले शिवरात्रीको भावलाई आत्मसात गर्ने पक्का छ ।

भगवान शिवबारे बनेका केही बलिउड फिल्म जुन बुधबारदेखि ओटीटी प्लाटफर्ममा रिलिज भएका छन् ।

भोला- अमेजन प्राइम भिडियो

अजय देवगण स्टारर यो फिल्मको कथाको केन्द्रमा भगवान शिवजीको भाव र सौर्यता समेटिएको छ । अजयले फिल्ममा भोला नामक शीर्ष पात्रको भूमिका निर्वाह गरेका छन्, जसले भोलेनाथको भाव दर्शाउँछ । यो फिल्मको एक्सनमा पनि शिवजीको अस्त्र त्रिशुलको प्रयोग गरिएको छ । दुश्मनसँग लड्न अजयले फिल्मभित्र त्रिशुलको प्रयोग गरेका छन् । तामिल फिल्म ‘कैथी’को यो रिमेकलाई अजयले निर्देशन गरेका हुन् ।

ब्रम्हास्त्र पार्ट वन : शिव- जियो हटस्टार

यो फिल्मले आधुनिक संसारसँग पौराणिक कथालाई जोड्ने प्रयत्न गरेको छ । यो फिल्मले शिव नामक मुम्बईको एक डीजेलाई पछ्याउँछ जो आत्माको खोजीमा निस्किएका छन् । यसक्रममा थुप्रै उतारचढाव हुन्छ । उनले आगोको प्रतिरोध गर्न आफू सक्षम छन् भन्ने बोध गर्छन् । यो फिल्ममा रणवीर कपुर, आलिया भट्ट, अमिताभ बच्चनको शीर्ष भूमिका छ ।

ओमकारा- अमेजन प्राइम भिडियो

सेक्सपियरको महान कृति ओथेलोबाट प्रेरित यो बलिउड रुपान्तरणले भगवान शिवबाट प्रेरणा लिन्छ । फिल्ममा अजय देवगणले ओमकारा शुक्ला नामक पात्रको भूमिका निर्वाह गरेका छन् । यो फिल्ममा डली मिश्रको भूमिकामा करिना कपुरले अभिनय गरेकी छन् ।

ओमएजी २- नेटफ्ल्क्सि

सन् २०१२ मा रिलिज भएको यो फिल्मको पहिलो भागले विश्वास र नास्किताबारे बहस सुरु गरेको थियो । ओमएजी २ मा अक्षय कुमारले भगवान शिवको सन्देशवाहकको भूमिका निर्वाह गरेका छन् । पंकज त्रिपाठीले कान्तिशरण मुग्दल र एक समर्पित शिवभक्तिको भूमिका निर्वाह गरेका छन् । यो फिल्मको कथा एक बुबाको अटल विश्वासको वरिपरि घुम्छ जब उनी आफ्नो छोराको न्यायको लागि लड्छन् । सामाजिक टिप्पणीका साथ अध्यात्मलाई मिसाएर, दर्शकलाई व्यस्त राख्दै फिल्मले शक्तिशाली सन्देश दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?