+

म्यानमारसँगको फाइनलका लागि नेपाली टोलीमा दुई परिवर्तन

२०८१ फागुन  १४ गते १७:०९ २०८१ फागुन १४ गते १७:०९
म्यानमारसँगको फाइनलका लागि नेपाली टोलीमा दुई परिवर्तन

१४ फागुन, काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमार खेल्दै छन् ।

म्यानमारसँगको फाइनल खेलका लागि नेपालले पछिल्लो खेलबाट दुई परिवर्तन गरेको छ । कप्तान एन्जिला तुम्बापो सुब्बा र रेखा पौडेल टिममा फर्किएका छन् ।

पछिल्लो खेलमा सुरुवाती रोजाइमा रहेका गोलकिपर अन्जना रानामगर र रश्मी कुमारी घिसिङ आज बेन्चमा छन् ।

त्यस्तै म्यानमारको टोलीमा पनि उल्लेख्य परिवर्तन गरिएको छ । अघिल्लो खेलबाट म्यानमारले ८ वटा परिवर्तन गरेको छ । ३ खेलाडी मात्र अघिल्लो खेलका छन् ।

दुई टोलीबीचको समूह चरणको खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय