१४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकसँग भेटवार्ता गरेका छन् ।
भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लबका तर्फबाट एक लाख र प्रथम महिला राधिका शाक्यका तर्फबाट एक लाख गरी दुुई लाख रुपैयाँ हस्तान्तरण गरियो ।
भेटमा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज राई, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायत सहभागी थिए । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा ११ फागुनदेखि सुरु भएको च्याम्पियनसिप २० फागुनमा समापन हुँदैछ ।
प्रतियोगिताका विजेताले १५ लाख ११ हजार एक सय ११, दोस्रो टोलीले पाँच लाख प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया 4