+
+
Shares

भारतमा ‘नेपाल महोत्सव २०२५’ हुँदै

महोत्सव २९ चैतमा सुरु हुनेछ । दूतावास परिसरमा आयोजना हुने मेला तीन दिन चल्ने एभरेस्ट चेम्बर अफ कमर्सले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १४ गते १६:५९

१४ फागुन, काठमाडौं । भारतमा ‘नेपाल महोत्सव २०२५’ आयोजना हुने भएको छ ।

एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज तथा नेपाल दूतावासको आयोजनामा यस्तो मेला आयोजना हुने आयोजकले जनाएको छ ।

महोत्सव २९ चैतमा सुरु हुनेछ । दूतावास परिसरमा आयोजना हुने मेला तीन दिन चल्ने एभरेस्ट चेम्बर अफ कमर्सले जनाएको छ ।

मेलामार्फत नेपालमा व्यापार, पर्यटन, उद्योग तथा व्यापारिक सम्भावना प्रवर्द्धन गर्ने आयोजकको भनाइ छ ।

एभरेस्ट चेम्बर अफ कमर्स अध्यक्ष युवराज बरालले महोत्सव ऐतिहासिक हुने भन्दै यो अवसरलाई उपयोग गर्न सरोकारवालालाई सुझाव समेत दिए ।

यस अवसरमा व्यापार र उद्योग क्षेत्रमा केन्द्रित भएर छलफल समेत राखिएको छ । व्यापार र लगानी तथा विभिन्न अवसरबारे समेत व्यवसायीबीच छलफल हुने भएको छ । मेलामा नेपाली परिकारका स्टल पनि राखिने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?