+
+
Shares

७ महिनामा साढे ११ करोड स्यानिटरी प्याड आयात, डाइपर कति ?

भन्सार विभागका अनुसार उक्त परिमाण बराबर प्याड आयात गर्दा ८० करोड ८१ लाख रुपैयाँ विदेशिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १४ गते १७:५७

१४ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिना अवधिमा ११ करोड ४५ लाख वटा स्यानिटरी प्याड आयात भएको छ ।

भन्सार विभागका अनुसार उक्त परिमाण बराबर प्याड आयात गर्दा ८० करोड ८१ लाख रुपैयाँ विदेशिएको छ । सरकारले यस अवधिमा स्यानिटरी प्याडबाट मात्र १५ करोड २२ लाख रुपैयाँ बराबर राजस्व उठाएको छ ।

यस अवधिमा डाइपर आयातमा भने १ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ विदेशिएको छ । ७ महिनामा ९ करोड ५४ लाख ७२ हजार वटा डाइपर आयात भएको तथ्यांक छ ।

चालु आव ७ महिनामा नेपालले कुल ९ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । जसमार्फत सरकारले २ खर्ब ६२ अर्ब ९५ करोड बराबर राजस्व उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?