+

अन्तर्राष्ट्रिय महिला फुटबल : नेपाल र म्यानमारबीचको खेल सुरु

२०८१ फागुन  १४ गते १८:०६ २०८१ फागुन १४ गते १८:०६
अन्तर्राष्ट्रिय महिला फुटबल  : नेपाल र म्यानमारबीचको खेल सुरु

१४ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र म्यानमारको फाइनल खेल सुरु भएको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फाइनल खेलमा नेपालले पछिल्लो खेलबाट दुई परिवर्तन गरेको छ । कप्तान एन्जिला तुम्बापो सुब्बा र रेखा पौडेल टिममा फर्किएका छन् ।

पछिल्लो खेलमा सुरुवाती रोजाइमा रहेका गोलकिपर अन्जना रानामगर र रश्मीकुमारी घिसिङ आज बेन्चमा छन् ।

त्यस्तै, म्यानमारको टोलीमा पनि उल्लेख्य परिवर्तन गरिएको छ । अघिल्लो खेलबाट म्यानमारले ८ वटा परिवर्तन गरेको छ । ३ खेलाडी मात्र अघिल्लो खेलका छन् ।

दुई टोलीबीचको समूह चरणको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

खेल सुरु हुनुअघि अभ्यास गर्दै नेपाली खेलाडीहरू । 

तस्वीर : विकास श्रेष्ठ /अनलाइनखबर ।

 

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय