+
+
Shares

७ महिनामा नेपाल भित्रियो ९० लाखको सिन्दूर

चीन र भारतबाट ८९ लाख ९७ हजार रुपैयाँको सिन्दूर आयात भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १४ गते १८:०७

१४ फागुन, काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा करिब ९० लाख रुपैयाँ बराबरको सिन्दूर आयात गरेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चीन र भारतबाट ८९ लाख ९७ हजार रुपैयाँको सिन्दूर आयात भएको हो ।

भारतबाट गत साउनदेखि माघ मसान्तसम्म ८९ लाख ६९ हजार रुपैयाँको ४५ हजार ६ सय ४३ किलो सिन्दूर आयात भएको छ भने भने चीनबाट ८० किलो सिन्दूर २८ हजार रुपैयाँमा आयात भएको छ ।

भारत र चीनबाट आयात गरिएको सिन्दूरबाट सरकारले २८ लाख २८ हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?