+
+
Shares

६ महिनामा २ हजार बढी ट्रेडमार्क दर्ता

उद्योग मन्त्रालयका अनुसार यस अवधिमा वस्तु तथा सेवाका २ हजार ३४ ट्रेडमार्क दर्ता भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १४ गते १८:१०

१४ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना अवधिमा २ हजारभन्दा बढी ट्रेडमार्क दर्ता भएको छ ।

उद्योग मन्त्रालयका अनुसार यस अवधिमा वस्तु तथा सेवाका २ हजार ३४ ट्रेडमार्क दर्ता भएको हो । यही अवधिमा ५७ वटा ट्रेडमार्क सम्बन्धी मुद्दाको कारबाही टुंगो लगाइएको छ ।

सरकारले ट्रेडमार्क दर्तालाई पूर्णअनलाइन प्रणालीबाट सञ्चालनमा ल्याएको समेत जानकारी गराएको छ । यसका लागि ट्रेडमार्क, पेटेन्ट, डिजाइन रजिस्ट्रेसन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम कार्यान्वयनमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?