+
+
Shares

भारतीय सेनाका पूर्वप्रमुखहरू मुक्तिनाथ दर्शन गरेर स्वदेश फर्किने

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख गौरवकुमार केसीका अनुसार, बिहीबार मुक्तिनाथ भ्रमण गर्ने तय भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १४ गते १९:०१

१४ फागुन, काठमाडौं । भारतीय स्थल सेनाका पूर्वप्रमुखहरू मुक्तिनाथ दर्शन गरेर मात्र स्वदेश फर्किने भएका छन् ।

शिवरात्रि एवं नेपाली सेनाको २६२औं वार्षिकोत्सवको अवसरमा जंगीअड्डाले आयोजना गरेको समारोहमा सहभागी हुन आएका भारतीय जनरलहरू बिहीबार बिहान मुक्तिनाथ जाने भएका हुन् ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख गौरवकुमार केसीका अनुसार, बिहीबार मुक्तिनाथ भ्रमण गर्ने तय भएको छ । ‘तर, स्वास्थ्यका कारण को-को जानु हुन्छ भन्ने टुंगो लागिसकेको छैन,’ उनले भने, ‘भ्रमणपछि दुई पूर्वप्रमुखहरू भोलि नै अरू पर्सि स्वदेश फर्किने कार्यक्रम छ ।’

नेपाली सेनाको निमन्त्रणमा भारतका पूर्वसेना प्रमुख जनरल जोगिन्दर जसवन्त सिंह, जनरल दीपक कपुर, जनरल विजयकुमार सिंह, जनरल दलवीर सिंह सुहाग, जनरल मनोजमुकुन्द नरवणे र जनरल मनोज पाण्डे नेपाल आएका थिए ।

नेपाल र भारतीय सेनाका प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेना प्रमुखको दर्ज्यानी चिह्न दिएर सम्मान दिने प्रचलन रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?