१४ फागुन, काठमाडौं । १३औं फाइनल खेलिरहेको नेपाली महिला फुटबल यसपटक पनि अभागी सावित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले म्यानमारसँग २–० गोलको हार बेहोर्यो । नेपाल प्रतियोगिताको उपविजेता बन्यो ।
खेलमा प्रभावशाली प्रदर्शन गरिरहेको नेपाल ६२ औँ मिनेटमा गोल खाँदै पछि परेको थियो । दोस्रो मिनेटमै अर्को गोल बेहोरेपछि नेपाल उपाधिको खडेरी तोडेर उपाधिको इतिहास रच्ने मौका गुमाउन बाध्य भयो ।
नेपालको यो १३औं फाइनल खेल थियो । नेपाली महिला टिमको नेतृत्व गरेका कोच राजेन्द्र तामाङले पनि लगातार तेस्रो फाइनलमा हारको सामना गरे । उनको नेतृत्वमा नेपाली राष्ट्रिय महिला टिमले आज तेस्रो फाइनल खेलेको थियो ।
म्यानमारले अग्रता लिनुपूर्व नेपालले उसको गोलपोष्टमा करिब दर्जनपटक आक्रमण गरेको थियो । गोलका केही निश्चित अवसरमा ट्राइकरहरू चुक्दा नेपाल निराश बन्न पुग्यो ।

अन्तर्राष्ट्रिय महिला फुटबल खेल्न थालेमो ३९ वर्ष करिब ४ दशकमा नेपालले अहिलेसा्म जित्न सकेको छैन। नेपाल १३ पटक फाइनल पुगेको भने पछिल्लो डेढ दशक ९१५० वर्षमा हो ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी नेपाली महिला फुटबल टिमकी मिडफिल्डर रेनुका नगरकोटे इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन् ।
नेपालले खेलेका १३ फाइनल
प्रतिक्रिया 4