१४ फागुन, काठमाडौं । नेपाली महिला फुटबल टोली फेरि अर्को अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा उपविजेता बनेको हो ।
नेपाल फाइनलमा पराजित भएको यो १३औं पटक हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा १३औं पटक फाइनल खेल्दा पनि नेपालले जितको स्वाद चाख्न पाएको छैन ।
यस पटक नेपाललाई उपाधि खडेरी तोड्ने अवसर भएपनि सफल हुन सकेन । इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको फाइनलमा म्यानमारसँग बुधबार २-० ले पराजित भएपछि नेपालले ट्रफी उचाल्ने सपना अधुरै बनेको हो ।
नेपालले घरेलु मैदानमै लगातार दोस्रो फाइनलमा हार व्यहोरेको हो । गत अक्टोरमा नेपाल साफ वुमन्स च्याम्पियनसिपमा फाइनलमा बंगलादेशसँग पराजित भएको थियो।
यस्तै पछिल्लो एक वर्षभित्र नेपाली महिला टोली तीन पटक फाइनल खेलेपनि सबैमा पराजित भएको हो।
गतवर्ष फेब्रुअरीमा साउदी अरेबिायमा भएको वाफ च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसँग पराजित भएको थियो।
दशरथ रंगशालमा उपस्थित १५ हजार भन्दा बढी दर्शक र घरेलु दर्शकको साथ पाएको नेपालले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न नसक्दा निराश बनेको हो ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4