+
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट :

अफगानिस्तानसँग पराजित हुँदै इंग्ल्याण्ड च्याम्पियन्स ट्रफीबाट बाहिरियो

२०८१ फागुन  १४ गते २३:०६ २०८१ फागुन १४ गते २३:०६
अफगानिस्तानसँग पराजित हुँदै इंग्ल्याण्ड च्याम्पियन्स ट्रफीबाट बाहिरियो

१४ फागुन, काठमाडौं । इंग्ल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूह बीको खेलमा अफगानिस्तानसँग ८ रनले पराजित हुँदै इंग्ल्याण्ड एक खेल अगावै बाहिरिएको हो ।

अफगान टिमले दिएको ३२६ रनको बलियो लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४९.५ ओभरमा ३१७ रनमा समेटियो । जो रुटले सर्वाधिक १२० रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । कप्तान जस बट्लर र बेन डकेटले समान ३८ रन बनाए ।

इंग्ल्याण्डलाई अलआउट गर्न अजमतुल्लाह ओमरजाइले ५ विकेट लिए । मोहम्मद नाबीले २ तथा फजलहक फारुकी, राशिद खान र गुलबादिन नाइबले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२५ रन बनाएको थियो । इब्राहिम जाद्रानले १७७ रनको शानदार पारी खेलेका थिए ।

१४६ बल खेलेका जाद्रानले १२ चौका र ६ छक्का प्रहार गरेका थिए । अजमतुल्लाह ओभरजाइले ४१ तथा कप्तान हशमतुल्लाह शाहिदी र मोहम्मद नाबीले ४० रन बनाए ।

इंग्ल्याण्डका जोफ्रा आर्चरले १० ओभरमा ६४ रन दिएर ३ विकेट लिए । लियाम लिभिङस्टोनले २ तथा जेमी ओभर्टन र आदिश राशिदले १-१ विकेट लिए ।

यसअघि पहिलो खेलमा इंग्ल्याण्ड अस्ट्रेलियासँग पराजित भएको थियो । समूह बी मा दक्षिण अफ्रिका र अस्ट्रेलिया ३-३ अंकका साथ छन् भने अफगानिस्तानको २ अंक भएको छ ।

आईसीसी च्याम्पियन्स ट्रफी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय