१५ फागुन, काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिडले साँघुरो जित निकालेको छ । मड्रिडले रियल सोसिडाडलाई १-० ले हराएको हो ।
सोसिडाडको मैदानमा रियल मड्रिडको जितमा एन्ड्रिक फेलिपेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले १९औं मिनेटमा गोल गरेका थिए ।
अब दोस्रो लेगको खेल रियलको मैदान सान्टियागो बर्नबाउमा अप्रिल २ मा हुनेछ ।
यसअघि मंगलबार राति भएको पहिलो सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले ४-४ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।
प्रतिक्रिया 4