+
+
Shares

चल्न थाल्यो फेसबुक

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते ८:३४

१६ फागुन, काठमाडौं । फेसबुक नखुल्ने समस्या समाधान भएको छ । आज बिहान साढे ८ बजेदेखि फेसबुक खुल्न थालेको छ ।

डाउन डिटेक्टरका अनुसार फेसबुकमा गएराति ११ बजेदेखि नै प्रयोगकर्ताले समस्या आएको रिपोर्ट गरेका थिए । तर आज बिहान ८ बजेदेखि समस्या भएको भनेर रिपोर्ट गर्ने प्रयोगकर्ताको संख्या ११ हजार पुगेको थियो

ब्राउजुरमा फेसबुकको वेबसाइट खोल्न खोज्दा समस्या देखिएको र त्यसलाई समाधान गर्ने प्रयास गरिरहेको सन्देश डिस्प्ले भएको थियो । तर अहिले भने फेसबुक खुलिरहेको छ ।

के समस्याले नखुल्ने भएको हो भन्ने अझै स्पष्ट भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?