+
+
Shares

सकियो महाकुम्भ मेला, ६६ करोड बढीले गरे स्नान

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते ११:१२

१५ फागुन, काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा लागेको महाकुम्भ मेलामा ६६ करोडभन्दा बढी व्यक्तिले गंगा नदीमा स्नान गरेका अधिकारीहरुले बताएका छन् ।

महाशिवरात्रिको दिनदेखि महाकुम्भ औपचारिक रुपमा समापन भएको घोषणा गरिएको छ । यद्यपि मेलास्थल खाली हुन भने एक हप्ताभन्दा बढी लाग्ने अनुमान छ ।

महाकुम्भ मेला गत पुस २९ (१३ जनवरी)देखि सुरु भएको थियो ।४५ दिनको अवधिमा ६६ करोड २१ लाखभन्दा बढीले गंगामा स्नान गरेको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले एक्समार्फत् जानकारी दिएका छन् । विश्व इतिहासमा यो अदभूत भएको उनले उल्लेख गरेका छन् ।

महाशिवरात्रिको अन्तिम दिन शिवरात्रिको दिन मात्रै करिब डेढ करोडले गंगामा स्नान गरेका थिए ।

शिवरात्रिको दिन भारतीय वायुसेनाले श्रद्धालुहरुमाथि पुष्पवृष्टि गर्दै एयर शो प्रदर्शन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?