+
+
Shares

कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा  युवतीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते ११:१८

१५ फागुन, धनगढी । कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका-१८ बस्ने २१ वर्षीया निर्मला बोहरा छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत शुक्लाफाँटा नगरपालिका-५ को वन समितिमा बिहीबार बिहान बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । सोही ट्रकको ठक्करबाट मोटरसाइकल पछाडि सवार बोहराको मृत्यु भएको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए ।

उनकाअनुसार मोटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट पनि घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

ट्रक प्रहरीले नियन्त्रणमा लिएपनि चालक भने फरार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?