+
+
Shares

कञ्चनपुरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

रासस रासस
२०८१ फागुन १५ गते १३:१८

१५ फागुन, कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गतको शुक्लाफाँटा नगरपालिका-५ वनसमितिमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म१प ४६५८ नम्बरको मोटरसाइकलाई ठक्कर दिंदा मोटरसाइकलको पछाडि सवार भीमदत्त नगरपालिका-१८ की २१ वर्षीया निर्मला बोहराको मृत्यु भएको छ ।

मोटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट सामान्य घाइते भएका छन् ।

घाइते विष्टको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रकका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?