+
+
Shares

दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’ लक्ष्मीपूजामा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते १२:१०

काठमाडौं । सुरेन्द्र पौडेलले निर्देशन गर्ने आगामी कथानक फिल्म ‘वरिष्ठ बलराम’ तिहारमा रिलिज हुने भएको छ । ‘टाइटल टिजर’ भिडियो सार्वजनिक गर्दै निर्माताले यो फिल्म ३ कात्तिकमा आउने जनाएका हुन् ।

फिल्ममा दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहनेछ । छायांकन अर्को सातादेखि सुरु गर्ने तयारी छ ।

दृश्य सम्पादक समेत रहेका पौडेलको यो चौंथो निर्देशकीय प्रोजेक्ट हुनेछ । यसअघि उनले ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरेका छन् । आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन् ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहने फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् । सामाजिक कथावस्तुमा आधारित हुने फिल्मको छायांकन तराईका विभिन्न स्थानमा गरिनेछ । मनकृष्ण महर्जनको छायांकन हुनेछ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन हुनेछ । वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा फिल्म निर्माण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?