
काठमाडौं । लामिनार टायल्सले फूल–बडी टायल ‘सेन्टो’ संग्रह सार्वजनिक गरेको छ ।
कम्पनीले यो संग्रहलाई देशकै पहिलो र एकमात्र फूल–बडी टायल संग्रह भनेको छ ।
लामिनारले आफ्नो समग्र प्रिमियम संग्रहलाई विस्तार गर्दै ‘सेन्टो’ नामक अत्यधिक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तरको फूल–बडी टायल संग्रहलाई बजारमा ल्याएको जनाएको छ ।
फूल–बडी टायलहरू प्राकृतिक ढुंगाजस्तै सतहदेखि पूरै अंश एउटै डिजाइनको हुने भएकोले सामान्य घर्षण वा चोइटिए पनि टायलको रंग र बनावटमा कुनै फरक नपर्ने कम्पनीले जनाएको छ ।
लामिनार टायलको उत्पादक, लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोश खेतानका अनुसार पीईआई रेटिङ ५ (जसले कुनै पनि टायलको अत्यधिक दिगोपन र मजबुतीलाई जनाउँछ) भएका कारण ‘सेन्टो’ टायलहरू उच्च आवात–जावत हुने स्थानहरू जस्तै विमानस्थल, सपिङ मल, होटल, अस्पताल, पार्किङ, सडकपेटी लगायत अन्य व्यावसायिक र आवास क्षेत्रका लागि उपयुक्त छन् ।
आईएसओ र भारतीय मापदण्डअनुसार गरिएको आन्तरिक परीक्षणमा १५ मिलिमिटरसम्म मोटाइ भएका ‘सेन्टो’ टायलहरूले समान मोटाइका प्राकृतिक ग्रेनाइटको तुलनामा निम्न गुणहरूमा उल्लेखनीय प्रदर्शन गरेका छन्:
S.No. | Attributes | CENTO Tile | Granite |
1. | Modulus of Rupture (MOR) | 50.29 N/mm² | 14.75 N/mm² |
2. | Breaking Strength | 6056 N | 1588.0 N |
3. | MOH’s Hardness | 9 | 3 |
4. | Surface Abrasion Resistance | Class 5 | Class 2 |
कम्पनीका अनुसार रासायनिक प्रतिरोध परीक्षणहरूमा समेत ‘सेन्टो’ ले प्राकृतिक ग्रेनाइटको तुलनामा उत्कृष्ट नतिजा देखाएको छ ।
यस टायलले दाग प्रतिरोध, घरेलु र स्विमिङ पुलका रसायन प्रतिरोध तथा उच्च र न्यून सघनता भएका अम्ल र क्षारको प्रतिरोध लगायतका सबै परीक्षणहरू पास गरेको कम्पनीले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन समारोहको अवसरमा ‘सेन्टो’ फूल–बडी संग्रहको औपचारिक रूपमा सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया 4