+
+
Shares

माओवादीले पार्टीको नाम फेरेको भोलिपल्ट एकता हुन्छ : महेन्द्र राय यादव

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते १४:१०

१५ फागुन, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले माओवादी केन्द्रले पार्टीको नाम फेरिको भोलिपल्ट एकता हुने बताएका छन् ।

माओवादीले सुरु गरेको जनतासँग माओवादी अभियानमा जोडिएका यादवले पत्रकारसँग कुरा गर्दै यसअघिकै सहमति अनुसार पार्टीको नाम फेरेर एकता गर्ने बताएका हुन् ।

माओवादीले आगामी महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गर्ने कुरा भएको यादवले बताए । यसअघि सहमति हुँदा कम्युनिष्ट पार्टी समाजवादी बनाउने कुरा भए पनि अहिले अरु कम्युनिस्टहरु बीच पनि एकता हुने सम्भावना भएकोले अन्य नाममा पनि सहमति हुनसक्ने उनले बताए ।

बाबुराम भट्टराईबाट छुट्टिएर बनेको नेसपा र माओवादीबीच यसअघि नै एकताको सहमति भइसकेको छ । अध्यक्ष यादव माओवादीकै चिह्नबाट चुनाव जितेका सांसदसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?