+

भीमबहादुर तामाङको १३औं स्मृतिमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

२०८१ फागुन  १५ गते १५:०६ २०८१ फागुन १५ गते १५:०६
भीमबहादुर तामाङको १३औं स्मृतिमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता स्व. भीमबहादुर तामाङको १३औं स्मृति दिवसको अवसर पारेर प्रदेश स्तरीय पुरूष भलिबल प्रतियोगिता हुने भएको छ।

नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ले आयोजना गर्ने प्रतियोगिता चैत १३ गते सुरु हुनेछ। कांग्रेस दोलखा प्रदेश क्षेत्र नम्बर ‘क’का सभापति शुक्रराज तामाङका अनुसार बैतेश्वर गाउँपालिका-२ मिर्गे लहरेमानेमा हुने प्रतियोगिता हुनेछ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिता अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने तामाङले जानकारी दिए।

प्रतियोगिता चैत १६ गते सम्पन्न हुनेछ।

प्रदेश स्तरीय पुरूष भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय