+
+
Shares

सबै नागरिकलाई बीमामा जोड्नुपर्छ : मन्त्री पौडेल

हरेक नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन र निरोगी बनाउन योगदानमा आधारित स्वास्थ्य बीमालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने स्वास्थ्यमन्त्रीको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते १६:१५

१५ फागुन, ललितपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई अनिवार्य बीमामा जोड्नुपर्ने बताएका छन् ।

विश्व प्रोटिन दिवसको अवसरमा नेपाल दाना उद्योग संघद्वारा बिहीबार आयोजित ‘मानव स्वास्थ्यमा प्रोटिनको भूमिका’ विषयक कार्यक्रममा मन्त्री पौडेलले सबै नागरिकलाई बीमामा जोड्नुपर्ने बताएका हुन् ।

नागरिकलाई निरोगी बनाउन उपचारात्मक पद्धतिभन्दा पनि निरोधात्मक पद्धतिलाई ध्यान दिनुपर्ने बताउँदै उनले हरेक नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन र निरोगी बनाउन नागरिकको योगदानमा आधारित स्वास्थ्य बीमालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताएका हुन् ।

स्वास्थ्य क्षेत्रमा नीतिगत रूपमा समेट्नु पर्ने कुरा धेरै रहेका उल्लेख गर्दै मन्त्री पौडेलले मानव स्वास्थ्यलाई आवश्यक पर्ने प्रोटिन सुरक्षाका लागि कानुन बनाएर नीतिगत व्यवस्थापन गर्न सुझाव पेश गर्न सरोकारवालालाई आग्रह गरे ।

‘संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न स्वास्थ्य बीमा महत्वपूर्ण छ, यसबाट नागरिकको निःशुल्क उपचार सुनिश्चित हुन्छ, प्रोटिन सुरक्षाको कुरालाई पनि यसमा जोड्न सकिन्छ,’ उनले भने ।

मानव स्वास्थ्यलाई ध्यान दिँदै प्रोटिनलाई उपचारात्मक प्रणाली र चिकित्सकको सिफारिस प्रणालीमा कसरी जोड्न सकिन्छ भनेर ध्यान दिनुपर्ने मन्त्री पौडेलले बताए ।

पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले नेपालका पशुजन्य उत्पादन स्वास्थ्यका देष्टिकोणले सुरक्षित रहेका धारणा राखे । नेपाल दाना उद्योग संघका अध्यक्ष रबिन पुरीले उत्पादनदेखि उपभोगसम्म सुरक्षित खाद्यान्न नीतिको अवधारणामा रहेर खाद्य सुरक्षाको लागि प्रोटिनको सुनिश्चितता हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?