
१५ फागुन, विर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–११ मा रहेको गिरिबन्धु टि–स्टेटभित्र एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, पाँचथरको फिदिम नगरपालिका–७ स्थायीय घर भएका ३९ वर्षीय कुमार गुरुङको शव भेटिएको हो ।
चिया बगानभित्र शव भेटिएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, अनारमनीबाट प्रहरी नयाब उपरीक्षक (डीएसपी) प्रकाश विष्टको नेतृत्वमा एउटा टोली घटनास्थलमा पुगेको थियो । त्यसक्रममा कानूनी प्रक्रिया पूरा गरेर शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक जाँचमा उनले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4