+
+
Shares

सशस्त्र प्रहरी विधेयकमा ५८ वटा संशोधन प्रस्ताव दर्ता

संशोधन प्रस्ताव अगाडि बढाउन सभामुखबाट स्वीकृति प्राप्त भएपछि संशोधन प्रस्ताव र विधेयक एकसाथ दफावार छलफलमा जानेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते १९:१६

१५ फागुन, काठमाडौं । सशस्त्र प्रहरी बल सम्बन्धी विधेयकमा ५८ वटा संशोधन परेको छ । यो बिहीबार बेलुकी ५ बजेसम्मको संशोधन प्रस्तावको संख्या हो ।

संशोधनका लागि सांसदहरूलाई बेलुकी ५ बजेर ५५ मिनेसम्मको छ । अन्तिम समयमा समेत सांसदहरूले संशोधन राख्न सक्छन् ।

संशोधनहरू प्राप्त भइसकेपछि एकीकृत गरेर सभामुखबाट स्वीकृत गराउनुपर्छ । संशोधन प्रस्ताव अगाडि बढाउन सभामुखबाट स्वीकृति प्राप्त भएपछि संशोधन प्रस्ताव र विधेयक एकसाथ दफावार छलफलमा जानेछन् ।

यो विधेयकमाथि यही फागुन १२ गते प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भएको थियो । छलफलपश्चात प्रतिनिधिसभाले विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको थियो । यो सँगै सांसदहरूले ७२ घण्टाभित्र संशोधन हाल्ने समय पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?