+
+
Shares

एचएसईभीको कर्मचारी भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ

पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–१४ घर भएका २३ वर्षीय छिरिङ तामाङ छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते १७:२८

१५ फागुन, काठमाडौं । उच्च माध्यामिक शिक्षा परिषद् (एचएसईभी) को कर्मचारी भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–१४ घर भएका २३ वर्षीय छिरिङ तामाङ छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नरदेवीबाट पक्राउ गरेको हो ।

एक व्यक्तिको नागरिताको विवरण र एचएसईभीको ट्रान्सकिप्टमा उल्लेख भएका केही विवरणहरू फरक परेका थिए । त्यसपछि तामाङले आफू एचएसईभीको कर्मचारी भएको बताउँदै विवरण सच्याउने बताएका थिए । त्यसका लागि रकम चाहिने भन्दै उनले रकम लिएर ठगी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?