+
+
Shares

सिंहदरबार चहारेर अनुदान लिने प्रवृत्ति अन्त्य भयो : कृषिमन्त्री 

मन्त्री अधिकारीले सिंहदरबार चहारेर अनुदान लिने विगतको प्रवृत्ति अन्त्य भएको र आफू मन्त्रालयको नेतृत्वमा रहँदासम्म अनुदान दुरुपयोग हुन नदिने प्रतिबद्धता जनाए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते १७:३८

१५ फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफ्नो मन्त्रालयले किसानको पक्षमा काम गरिरहेको बताएका छन् ।

युवा किसान सञ्जालले काठमाडौंमा बिहीबार आयोजना गरेको किसान सम्मान एवं अन्तर्क्रियामा मन्त्री अधिकारी आफूले मन्त्रालयको नेतृत्व सम्हालेको आठ महिनामा भएका कार्य र निर्णय समग्र कृषि र किसानको पक्षमा भएको दाबी गरे ।

‘कृषि ऐन चाँडै अघि बढाउने गरी मन्त्रालयले काम गरिरहेको छ, कृषिमार्फत हामीले चाहेको समृद्धि नयाँ ऐनमार्फत प्राप्त हुन सक्ने गरी तयार हुँदैछ,’ मन्त्री अधिकारीले भने ।

मन्त्री अधिकारीले कृषि मन्त्रालय मार्फत पाँच वर्षयता अनुदान लिएकाको नाम सार्वजनिक गरिएको उल्लेख गरे ।

‘कृषि र किसानका नाममा १ खर्ब ७ अर्ब रुपैयाँ वितरण भएको रहेछ, यसको उपलब्धि खोज्ने काम भएको छ,’ उनले भने ।

उनले सिंहदरबार चहारेर अनुदान लिने विगतको प्रवृत्ति अन्त्य भएको र आफू मन्त्रालयको नेतृत्वमा रहँदासम्म अनुदान दुरुपयोग हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?