+
+
Shares

नेपाल लाइफको ‘छुट्ला है छुट’ योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते १७:५६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘छुट्ला है छुट’ योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत नवीकरण बीमाशुल्क भुक्तानी नगरी १ सय ८० भन्दा धेरै दिन पार समय भएका बीमितहरूका लागि यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस्ता बीमितहरूले १५ चैतदेखि आगामी १३ जेठसम्म नवीकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्ने छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनी २५औं वर्षमा प्रवेश गर्न लागेको अवसरमा यो योजना सार्वजनिक गरिएको बताए ।

उनले बीमितहरूको हितलाई मध्यनजर गर्दै यो विशेष योजना एक पटकका लागि सार्वजनिक गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?