
१५ फागुन, विराटनगर । नेकपा एमाले मोरङको १०औं जिल्ला अधिवेशन शनिबारदेखि सुरु हुने भएको छ । विराटनगरमा हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
एमाले मोरङ अध्यक्ष बाबुराम कार्कीले पत्रकार सम्मेलन गर्दै अधिवेशनको तयारी लगभग पूरा भएको जानकारी दिए ।
जिल्ला अधिवेशनमा ९१४ जना प्रतिनिधि छानिएका छन् । जसमध्ये १७ वटा स्थानीय तहको १५९ वडाबाट ६९२ जना, २३ वटा जनवर्गीय संगठनबाट १०१ जना, विशेष क्षेत्रबाट २४ जना, दलित ५१ जना, र मनोनित ४६ गरी ९१४ जना प्रतिनिधि सहभागी हुनेछन् ।
जिल्ला अध्यक्ष कार्कीले जिल्लाको नयाँ नेतृत्व सर्वसम्मत रुपमा छनोट गर्ने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4