
काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले सप्ताहव्यापी विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो ३८ औं वार्षिकोत्सव मनाएको छ ।
कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगृह तारकेश्वरलाई आर्थिक सहयोग गरेको जनाएको छ ।
साथै त्यहाँ रहेका बालबालिकालाई खाना खुवाउनुका साथै रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो ।
कम्पनीले देशैभरिका प्रदेश तथा शाखा कार्यालयले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रम जस्ता संस्थाहरूमा यस प्रकारका कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
वार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले शुभकामना व्यक्त गर्दै कम्पनीमा आवद्ध बीमित, अभिकर्ता, कर्मचारी र शुभेच्छुकलाई धन्यवाद दिए ।
उनले कर्मचारीलाई आन्तरिक क्रियाकलापमा सहभागी गराई शारिरीक तथा मानिसिक रूपमा सवल र सक्षम बनाउने उदेश्यले अन्तर कर्मचारी खेलकुद प्रतियोगिताहरू आयोजना गरिएको बताए ।
बूढानीलकण्ठस्थित होटल लेमन ट्रीमा मनोरञ्जानात्मक प्रस्तुतिसहित भव्य कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाइएको कम्पनीले जनाएको ५ ।
वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गर्ने कर्मचारीलाई मायाको चिनो तथा खेलकुद प्रतियोगिताका विजेतालाई पदक तथा प्रमाण पत्र र रक्तदान गर्ने कर्मचारीलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रतिक्रिया 4