+
+
Shares

२४ चैतदेखि काठमाडौंमा ‘फायर सेफ्टी’ प्रदर्शनी हुने

आगलागी तथा सुरक्षा प्रणालीसँग सम्बन्धित नवीनतम प्रविधि, प्रवृत्ति, र उत्कृष्ट अभ्यासहरूबारे जानकारी दिन चीन, हङकङ, इन्डोनेसिया, भारत, जापान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलङका, थाइल्यान्ड, भियतनामका विज्ञ सहभागी हुनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते १९:१७

१५ फागुन, काठमाडौं । आगलागी सम्बन्धी जोखिम न्यूनीकरण, सुरक्षा प्रविधिको प्रवर्द्धन तथा स्थानीय स्तरमा जनचेतना अभिवृद्धिका लागि ‘फायर सेफ्टी’ प्रदर्शनीको आयोजना हुने भएको छ ।

आप्सा नेपालले आगामी २४ र २५ चैतमा काठमाडौंमा ‘फायर फेस्टी एन्ड इलोक्ट्रोनिक इन्टरनेसनल’ प्रदर्शनीको आयोजना गर्न लागेको हो ।

‘हरेक वर्ष आगलागीका घटनाहरूले जनधनको ठूलो क्षति पुर्‍याउँदै आएको, जसको सामना गर्नका लागि सरकार तथा स्थानीय तहले गरेका प्रयास प्रभावकारी भए पनि समुदाय स्तरमा थप सचेतना र नवीन समाधानहरू प्रवाह गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गर्न लागेका हौं,’ आप्सा नेपालका अध्यक्ष सुनिलकुमार श्रेष्ठले भने ।

प्रदर्शनीमा अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा सम्बन्धी ज्ञान, प्रविधि, सूचना, विचार, समाधान आदान प्रदानका लागि सबै सुरक्षाकर्मी, सम्बन्धित कर्मचारीहरूलाई एउटै छानामुनि ल्याएर अन्तर्क्रियाको मञ्च निर्माण गर्ने पनि उनले बताए ।

सरकारी अधिकारी र निजी कम्पनीहरूको ध्यानाकर्षण गर्ने र दैनिक सञ्चालनमा अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षाबारे सचेत गराउने उद्देश्य रहेको अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय सरकार, अन्तर्राष्ट्रिय विशेषज्ञ, उद्योगी तथा आगलागी तथा इलेक्ट्रोनिक सुरक्षासम्बन्धी विज्ञहरूको पनि सहभागिता हुने आयोजकले जनाएको छ ।

आगलागी तथा सुरक्षा प्रणालीसँग सम्बन्धित नवीनतम प्रविधि, प्रवृत्ति, र उत्कृष्ट अभ्यासहरूबारे जानकारी दिन चीन, हङकङ, इन्डोनेसिया, भारत, जापान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलङका, थाइल्यान्ड, भियतनामका विज्ञ सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?