+
+
Shares

गरिमा विकास बैंकलाई ‘कर्पोरेट एक्सेलेन्स’ अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते १९:४१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठि ‘दि एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२४’ बाट सम्मानित भएको छ ।

कर्पोरेट क्लब नेपालले आयोजना गरेको अवार्ड समारोहमा २२ विधा मध्ये गरिमा विकास बैंकलाई ‘कर्पोरेट एक्सेलेन्स २०२४ इन डेभलपमेन्ट बैंक, रिजनल बैंक एन्ड फाइनान्स कम्पनी’ विधामा उक्त अवार्ड प्रदान गरिएको हो ।

प्राप्त अवार्डले ग्राहकलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यलाई थप टेवा पुर्‍याएको बैंकले जनाएको छ ।

सम्मानले आगामी दिनमा थप गुणस्तरीय एवं ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह गरी बैंकलाई थप सवल बनाउन उत्प्रेरित र उत्तरदायी बोध गराएको बैंकको भनाइ छ ।

बैंकका अनुसार उक्त अवार्डको जुरी मेम्बरमा प्रो. डा. फत्तबहादुर केसी, सशिन जोशी, सरिता अधिकारी र दिलभूषण पाठक रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?