+
+
Shares

एनसेललाई उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते १९:४५

काठमाडौं । एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स–२०२४’ बाट सम्मानित भएको छ ।

मंगलबार आयोजित चौथो एचआरएम कर्पोरेट एक्सिलेन्स अवार्ड समारोहमा एनसेलले बहुराष्ट्रिय कम्पनीको विधामा उत्कृष्ट बन्दै यो अवार्ड पाउन सफल भएको हो ।

यो सम्मानले बहुराष्ट्रिय कम्पनीको रूपमा एनसेलले पछिल्लो दुई दशकदेखि नेपाल र नेपालीलाई दूरसञ्चार सेवाले जोड्न गरेको अनवरतका कार्यहरु र अथक समर्पणलाई दर्शाउँछ ।

एनसेलका तर्फबाट कम्पनीका मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी इन्टरिम डाइरेक्टर विषाखा लक्ष्मी खड्का र एचआर म्यानेजर सुकान्त अधिकारीले यो अवार्ड ग्रहण गरेका थिए ।

यो अवार्ड एनसेलले गरेका उल्लेखनीय योगदान र उपलब्धिहरूको सम्मान हो र व्यवसाय सञ्चालनका लागि कम्पनीले सबै पक्षमा उत्कृष्टता प्रदान गर्ने प्रतिबद्धताको प्रमाण भएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?