+
+
Shares

धनुषामा अपाङ्‍गता भएका मुकेशलाई घरमै नागरिकता

क्षिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुरका २३ वर्षीय मुकेशकुमार महतोलाई प्रजिअ रामुराज कडरियाले नागरिकता प्रदान गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते २०:२४

१५ फागुन, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले पूर्ण अपाङ्‍गता भएका एक व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।

क्षिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुरका २३ वर्षीय मुकेशकुमार महतोलाई प्रजिअ रामुराज कडरियाले नागरिकता प्रदान गरेका हुन् ।

११ वर्षको उमेरमा पोलियो लागेपछि उनी पूर्ण अपाङ्‍गता भएका थिए । उनी ओछ्यानबाट यताउता हलचल गर्न सक्दैनन् ।

मुकेश पूर्ण अपाङ्‍गता रहेको थाहा पाएपछि उनलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रजिअ कडरियाले बताए ।

नागरिकता पाएसँगै मुकेशले अपाङ्‍गता भत्ता पाउने बाटो पनि खुलेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?