+
+
Shares

सलमान खान, रश्मिका मन्दाना स्टारर ‘सिकन्दर’को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते २०:५६

काठमाडौं । सलमान खान र रश्मिका मन्दाना स्टारर ‘सिकन्दर’को धमाकेदार टिजर सार्वजनिक भएको छ । आगामी इदमा रिलिज तयारीमा रहेको यो फिल्मको टिजर एक्सनप्रधान छ ।

फ्यानले लामो समयदेखि टिजरको प्रतिक्षा गरिरहेका थिए । टिजरको झलकपछि उत्साह हेर्दा यो फिल्म भारतीय बक्सअफिसमा बम्पर ओपनिङ गर्ने फिल्म हुने अड्कलबाजी गर्न सकिन्छ ।

१ मिनेट २१ सेकेन्डको टिजरमा सलमान आफ्ना शत्रुसँग लड्दै गरेको देखिएका छन् । यसबाहेक टिजरमा सलमानका संवादहरू पनि समावेश छन् ।

टिजर सलमानको डायलगदेखि सुरु हुन्छ । जहाँ, भाइजान भन्छन्- ‘हजुरआमाले उनको नाम सिकन्दर, हजुरबुवाले संजय र आममान्छेले उनको नाम राजा साहेब राखे ।’ टिजरमा ६ एक्सन दृश्य छन् । यससँगै सलमानका संवादले दर्शकको मन जितिरहेका छन् । २ वटा भव्य डान्स नम्बरको झलक पनि देखाइएको छ ।

टिजरमा सलमान पुनः एकपटक ‘टाइगर’ अवतारमा देखिएका छन् । एआर मुरुगादासको निर्देशनमा बन्न लागेको यो फिल्ममा भाइजानका फ्यानले उनको फिल्मबाट अपेक्षा गरेको सबै कुरा छन् । सलमानको यो फिल्मको कथा मन छुने छ, जसमा धेरै नाटक र भावनाका साथै सामाजिक सन्देश पनि छ ।

‘सिकन्दर’मा सलमानसँग रश्मिका मन्दाना पनि देखिएकी छिन् र उनीहरुको केमेस्ट्रीलाई दर्शकले मनपराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?