+
+
Shares

६.१ म्याग्निच्युडको भूकम्प, सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु

२ बजेर ५१ मिनेटमा गएको भूकम्पको तीव्रता ६.१ म्याग्निच्युड मापन गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १६ गते ३:२२

१६ फागुन, काठमाडौं । आज्ञ बिहानपख सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।

काठमाडौंवासीको समेत निद्रा खल्बलिने गरी गएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

२ बजेर ५१ मिनेटमा गएको भूकम्पको तीव्रता ६.१ म्याग्निच्युड मापन गरिएको छ ।

शक्तिशाली भूकम्पको कारण काठमाडौं उपत्यकावासीलाई समेत ब्युँझाएको थियो ।

भूकम्पले पुर्याएको क्षतिको विवरण आउन बाँकी छ ।

२०७२ सालको वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर आएको भूकम्पमा ९ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने लाखौं घर र भौतिक संरचनामा क्षति पुगेको थियो । त्यतिबेला सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमा भएको थियो ।

अपडेट : कैदीको हात भाँचियो, चौकीको भित्ता चर्कियो, भोटेकोशीमा पहिरो खस्यो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?