+
+
Shares

नेमकिपाको आठौं महाधिवेशन भक्तपुरमा सुरु हुँदै

नेमकिपा स्थापनाकालदेखि नै नारायणमान बिजुक्छे सर्वसम्मत अध्यक्ष चुनिदै आएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १६ गते ६:३२
नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे

१६ फागुन, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौं महाधिवेशन आजबाट सुरू हुँदैछ ।

यही फागुन १९ गतेसम्म चल्ने महाधिवेशनमा सहभागी हुन  काठमाडौं उपत्यकासहित सातै प्रदेशका जिल्लाहरुबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताहरु भक्तपुर आएका छन् ।

महाधिवेशनको उदघाटन समारोह दिउँंसो १ बजे सल्लाघारीमा हुनेछ ।

आज बिहान १० बजे कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक बस बिसौनी, काठमाडौंको कोटेश्वर, ताथलीलगायत ठाउँबाट झाँकीसहित निकालिने र्याली उदघाटन समारोहस्थल सल्लाघारी पुगेर।सभामा परिणत हुनेछ ।

आजैबाट सुरु हुने बन्दसत्रले विभिन्न एजेन्डा पारित गर्दै नयाँ नेतृत्व समेत चयन गर्नेछ । नेमकिपा स्थापना भएदेखि नै पार्टी अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) छन् ।

विजुक्छेको नेतृत्वमा विक्रम संवत २०३१ साल माघ १० गते नेमकिपा स्थापना भएको थियो। नेमकिपाको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो ।

पार्टीको सातौं महाधिवेशनसम्म पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छे नै सर्वसम्मत अध्यक्ष चुनिँदै आएका छन् । यस वर्षको आठौं महाधिवेशनले बिजुक्छेलाई नै निरन्तरता दिन्छ वा नयाँ नेतृत्व चुन्छ भन्ने चासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?