+
+
Shares

गुल्मीमा नाबालिका करणी आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १६ गते ६:४८

१६ फागुन, गुल्मी । गुल्मीमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई गरेको छ । पक्राउ पर्नेमा रूरूक्षेत्र गाउँपालिका-१ का ५७ वर्षीय पर्शुराम पौडेल छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार पौडेलमाथि अमरकल्याण महिला विकास बहुउदेश्यीय सहकारी संस्था लिमिडेको संरक्षणमा रहेकी १४ वर्षीय बालिकालाई करणी गरेको आरोप छ । उनले ती नाबालिकालालाई आफ्नो संरक्षणमा राखी पालन पोषण गर्न भनी राखेका थिए ।

पौडेलले संस्थाबाट १५ मंसिर, २०७६ मा उनलाई आफ्नो घरमा लिई गई पालन पोषण गर्दै आएका थिए । जिल्ला अदालतबाट ७ दिनको म्यादथप गरी उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?