+
+
Shares

हुम्लामा हिमपात (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १६ गते ११:४४

१६ फागुन, हुम्ला । हिमाली जिल्ला हुम्लामा शुत्रबार बिहानदेखि हिमपात सुरू भएको छ । हुम्लाको उच्च क्षेत्र नाम्खा गाउँपालिकामा र सदरमुकाममा सिमकोटमा हिमपात भएको हो ।

हिमपातले नाम्खा गाउँपालिकाको लिमी, चाला, याल्बाङ, यारी, मुचुलगायतका क्षेत्रका बाक्लो हिउँ जमेको छ।

यस्तै हुम्लाको दक्षिणी भेग सर्केगाड,चंखेली,अदानचुली,ताजाकोट गाउँपालिकामा वर्षा भएको छ । हिमपात भएसँगै नेपालगन्ज, सुर्खेतबाट हुने हवाई उडान प्रभावित भएका छन् । तारा, सीता, समिट एयरलाइन्स उडान रोकिएका छन् ।

रातभर वर्षा भएपनि बिहान ७ बजेबाट जमिनमा हिउँ जम्न थालेको हो । हिउँ पर्न थालेपछि चिसो अत्यधिक बढेको छ।  बिहानबाट हिउँ परेसँगै चिसो बढेको स्थानीय लक्ष्मण ऐडीले बताए । राति वर्षामात्रै भएको थियो बिहानबाट हिउँ जम्न लागेको उनले बताए।

हिउँपरेपछि किसानहरूले राहत महसुस गरेका छन् ।  दक्षिण क्षेत्रमा रातबाट वर्षा भएको चंखेली गाउँपालिका- १ का तिलक बोहराले बताए।

तस्वीरहरू

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?