+
+
Shares

एन्जिला भन्छिन्- खेलाडीहरूको फिल्म बन्न बाटो खुलेको छ

कार्यक्रममा एन्जिलाले आफूले बिर्सन नहुने धेरै नाम रहेको र त्यसमा निर्देशक मिलन चाम्स थपिएको बताइन् । ‘म मिलन दाइलाई पनि जिन्दगीभर भुल्दिनँ । पहिले म डराउँथेँ तर आजकल आफ्नै दाइ हो जस्तो लाग्छ । मेरो कथा उहाँहरूकै जिम्मामा छोडेर जाँदैछु । हृयदेखि नै आभारी छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १६ गते १३:११

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले आफ्नो मात्र नभएर अन्य खेलाडीको फिल्म पनि बन्नुपर्छ भन्ने बाटो खुलेको बताएकी छिन् ।

आफ्नो जीवनबारेको फिल्म ‘अञ्जिला’को ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले संघर्ष गरेर सफलता प्राप्त गर्ने खेलाडी धेरै रहेको र अरुको बारेमा पनि फिल्म बन्नुपर्ने बताइन् ।

कार्यक्रममा एन्जिलाले आफूले बिर्सन नहुने धेरै नाम रहेको र त्यसमा निर्देशक मिलन चाम्स थपिएको बताइन् । ‘म मिलन दाइलाई पनि जिन्दगीभर भुल्दिनँ । पहिले म डराउँथेँ तर आजकल आफ्नै दाइ हो जस्तो लाग्छ । मेरो कथा उहाँहरूकै जिम्मामा छोडेर जाँदैछु । हृयदेखि नै आभारी छु ।’

उनले अघि भनिन्, ‘मैले सोचेको पनि थिइनँ कि मैले दयाहाङ राईसँग फिल्म खेल्छु भनेर । उहाँले जस्तोसुकै ब्यस्त समयमा पनि खेल प्रसारण हुँदा पनि हेर्नुहुन्थ्यो र खेलप्रति समर्पित हुनुहुन्थ्यो ।’

आफू काठमाडौं आएदेखि गडफादर बनेर बाटो देखाउन निर्माता प्रेमकुमार श्रेष्ठलाई धन्यवाद दिँदै उनले भनिन्, ‘म आज जुन बाटोमा छु उहाँले गर्दा नै छु । मेरो मात्र नभएर अन्य खेलाडीहरूको फिल्म पनि बन्नुपर्छ भन्ने बाटो खुलेको छ ।’

एन्जिलाले आफू १३ वर्ष हुँदा पनि मैले ६० किलोको चामलको भारी बोक्ने गरेको बताउँदै छायाङ्कनमा खासै अप्ठ्यारो नलागेको जनाइन् । फिल्मका निर्माता समेत रहेका कलाकार श्रेष्ठले यो फिल्ममा फुटबलभन्दा पनि अञ्जिलाको कथा मुख्य रहेको बताए ।

अभिनेता दयाहाङ राईले आफू हरेक नेपाली खेलको प्रशंसक र दर्शक रहेको बताउँदै महिला फुटबल टोलीको आफू ठूलो फ्यान रहेको बताए । ‘कप्तानको फिल्म बन्दैछ भनेपछि भूमिका के हो समेत थाहा नपाई काम गर्न सहमत भएँ । यसको लागि म जिन्दगीभर ऋणी हुनेछु’ राईले भने ।

निर्देशक चाम्सले फिल्ममा अधिकांश राष्ट्रिय खेलाडीले अभिनय गरेको बताए । चाम्सले गैरकलाकारलाई अभिनय गराउनु अत्यन्त कठिन रहेको जनाउँदै अभिनेता राईलाई दुई वर्ष पर्खेर अभिनय गराएको बताए । चाम्सले चलचित्र हेर्न आउनुअघि दर्शकले धेरै कुरा जानेर आउनुपर्छ भन्ने लागेर ट्रेलरमा केही कुराहरू खुलासा गरिएको जनाए ।

फिल्म ‘अन्जिला’ले खेलाडीको रुपमा जन्मथलोदेखि काठमाडौंसम्म खेलाडी बन्ने सपना पुरा गर्न एन्जिलाले गरेको संघर्षको कथा पेश गर्छ । फिल्म ‘अञ्जिला’ फागुन २९ गतेदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?