+
+
Shares

ईभीमा ऋण सीमा ८० प्रतिशत नै बनाउन सरकारलाई नाडाको आग्रह  

राष्ट्र बैंकले गत मंगलबार मौद्रिक नीतिबाट ईभीमा ऋण मूल्य अनुपात सीमा ८० प्रतिशतबाट ६० मा झारेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १६ गते १५:४२

१६ फागुन, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले विद्युतीय सवारीसाधन (ईभी) को ऋण मूल्य अनुपात सीमा घटाएको भन्दै ध्यानाकर्षण गराएको छ ।

राष्ट्र बैंकले गत मंगलबार मौद्रिक नीतिबाट ईभीमा ऋण मूल्य अनुपात सीमा ८० प्रतिशतबाट ६० मा झारेको थियो ।

‘विद्युतीय सवारीसाधन प्रयोगमा निश्चित रूपमा कमी आउने अवस्था आएको छ । सरकारको आफ्नो घोषित नीतिको पालना र विद्युतीय सवारीसाधनका हकमा व्यवसायीको लगानी सुरक्षित बनाउन यसअघिकै नीति अर्थात् ऋण मूल्य अनुपात सीमा ८० प्रतिशत नै कायम गरियोस्,’ उक्त नीतिमा असन्तुष्टि जनाउँदै नाडाले भनेको छ ।

यस्तै नाडाले पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनको ऋण मूल्य अनुपात सीमालाई ५० प्रतिशतबाट ७५ प्रतिशत पुर्‍याउन माग गर्दै आए पनि ६० प्रतिशत मात्रै पुगेको जनाएको छ ।

‘पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनका सन्दर्भमा उक्त व्यवस्था सह्रानीय भए पनि हामीले थप अपेक्षा राखेका थियौं । विद्युतीय सवारीसाधनका सम्बन्धमा पनि सोही व्यवस्था गरिँदा विद्युतीय सवारीसाधन व्यवसायमा लागेका व्यवसायीलाई भने ठूलो मर्का पर्ने अवस्था सिर्जना भएको छ,’ नाडाले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?