
काठमाडौं । बलिउड अभिनेता गोविन्दा र पत्नी सुनिता आहुजाबीच यतिबेला डिभोर्स हुन लागेको चर्चा छ । यद्यपी, यी दुईले यसबारे आधिकारिक बयान दिएका छैनन् ।
भारतीय संचारमाध्यले लगातार यो बलिउड जोडीको दाम्पत्य जीवनमा संकट आउन लागेको खबर लेखिरहेका छन् । यो चर्चाबीच, उनीहरूको पछिल्लोपटकको नेपाल भ्रमणको चर्चा पनि मिडियामा छ ।
नवभारत टाइम्स लगायतका केही भारतीय मिडियाले गोविन्दा र सुनिताको पछिल्लोपटकको नेपाल भ्रमणदेखि यी जोडी अलग अलगरुपमा प्रस्तुत भएको समाचार लेखेका छन् । हुन पनि, अंग्रेजी नयाँवर्ष २०२५ मनाउन सुनिता र गोविन्दा दुबैजना त्यतिबेला काठमाडौंमा थिए ।
यतिबेला काठमाडौं आएको बेलादेखि नै दम्पतीमा खट्पट् सुरु भएको अनुमान भारतीय संचारमाध्यमले गरेका छन् ।
उनीहरू काठमाडौंमा रहँदा अलग अलग होटलमा बसेको, पशुपति दर्शनमा पनि अलग अलग पुगेको र अलग अलग नै मुम्बई फर्किएको समाचारमा जनाइएको छ । पशुपति र विमानस्थलबाट प्राप्त तस्वीरमा पनि उनीहरू आफ्ना सहयागी र एक्ला एक्लै देखिएका थिए ।
सुनिता आफ्नी छोरी टीनासहित जनवरी १ मा दर्शनका लागि पशुपतिनाथको मन्दिरमा गएकी थिइन् । त्यतिबेला मन्दिरमा गोविन्दा गएका थिएनन् । सुनिताले पशुपति दर्शनको फोटो सार्वजनिक गरेकी थिइन् ।
पुस २० गते गोविन्दा अंग्रेजी नयाँवर्ष मनाएर फर्किएका थिए । उनी एक्लै फर्किने बेला विमानस्थलमा उनको भेट नेपाली अभिनेता किरण केसीसँग भएको थियो ।
गोविन्दाका वकिलले भने केही भारतीय मिडियामा काठमाडौं भ्रमणमा पनि गोविन्दा र सुनिता काठमाडौंमा एकसाथ रहेको दावी गरिरहेका थिए । तर, नयाँ विवरणमा वकिलको दाबी झूठो भएको उल्लेख छ ।
सुनिताको माइती भक्तपुरमा रहेको बताइन्छ । उनीहरू यसअघि एकसाथ नेपाल आउने गरेका थिए । एकसाथ नेपाली मिडियालाई पनि अन्तर्वार्ता दिने गरेका थिए ।
प्रतिक्रिया 4